गृहपृष्ठ विश्वभर एक करोड ४३ लाख कोरोना संक्रमित डिस्चार्ज
विश्वभर एक करोड ४३ लाख कोरोना संक्रमित डिस्चार्ज
एकै दिन थपिए अढाई लाख संक्रमित, ६५ लाख १६ हजारको उपचार हुँदै
विश्वभर कोरोना भाइरबाट एक करोड ४३ लाख २३ हजार १८० जना डिस्चार्ज भएका छन् । बितेका २४ घण्टामा मात्र विश्वमा २ लाख ४९ हजार ५८७ जना संक्रमित थपिएका हुन् ।
विश्वमा हालसम्म दुई करोड १६ लाख चार हजार १९२ जनामा संक्रमण पुष्टि भइसकेका छन् । यस्तै कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या ७ लाख ६८ हजार ७३९ पुगेको वर्ल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै ६५ लाख १६ हजार २२३ जनाको उपचार भइरहेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार बितेका २४ घण्टामा मात्रै ५ हजार १७७ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा बढी भाइरस फैलिएको अमेरिकामा कोरोनाबाट एक लाख ७२ हजार ६०६ जनाको मृत्यु भएको छ भने ५५ लाख २९ हजार ७८९ जनामा संक्रमण देखा परेका छन् ।
अमेरिकापछि कै बढी संक्रमण फैलिएको ब्राजिल ३३ लाख १७ हजार ८३२ जना संक्रमित देखिएका छन् भने ज्यान गुमाउनेको संख्या एक लाख ७ हजार २९७ पुगेको छ । यता छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमित २५ लाख ८९ हजार २०८ छन् भने ५० हजार ८४ जनाले ज्यान गुमाएका छन् ।
प्रकाशित समय ०९:४६ बजे

















