गृहपृष्ठ विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७ लाख ९० हजार पुग्यो

विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७ लाख ९० हजार पुग्यो

एक करोड ५२ लाख ८८ हजार डिस्चार्ज, ६२ हजार संक्रमितको अवस्था चिन्ताजनक

फाइल तस्बिर ।

विश्वभर कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ७ लाख ९० हजार पुगेको छ । गएको २४ घण्टामा मात्रै ६ हजार ४३८ जनाको ज्यान गएपछि मृत्यु हुनेको संख्या सात लाख ९० हजार पुगेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर संक्रमितको संख्या पनि दुई करोड २५ लाख नाघेको छ । बुधबार मात्रै दुई लाख ५८ हजार ८४० जनामा संक्रमण पुष्टि भएपछि कुल संक्रमितको संख्या दुई करोड २५ लाख ५६ हजार २९३ पुगेको हो । संक्रमितमध्ये एक करोड ५२ लाख ८८ हजार ८३४ जनाको सफल उपचार भएको छ ।

वर्ल्डोमिटरको तथ्यांकअनुसार कुल संक्रमितमध्ये ६४ लाख ७७ हजार ५०२ जना विश्वभर सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये पनि ६२ हजार २३ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको जनाएको छ । सबैभन्दा बढी संक्रमण फैंलिएको अमेरिकामा संक्रमितको संख्या ५६ लाख ९९ हजार पुगेको छ ।

गएको २४ घण्टामा मात्रै अमेरिकामा ४३ हजार १९४ जनामा संक्रमण देखिएको छ । त्यस्तै अहिलेसम्म एक लाख ७६ हजार २९० जनाको ज्यान गएको छ । गएको २४ घण्टामा मात्रै एक हजार २१६ जनाले ज्यान गुमाएका थिए । त्यस्तै अहिलेसम्म ३० लाख ६० हजार संक्रमित संक्रमणमुक्त भएका छन् भने २४ लाख ६२ हजारको उपचार भइरहेको छ ।

ब्राजिलमा पनि कोरोना संक्रमितको संख्या ३४ लाख ६० हजारभन्दा बढी पुगेको छ । बुधबार मात्रै ब्राजिलमा ४८ हजार ५४१ जनामा संक्रमण देखिएपछि कुल संक्रमितको संख्या ३४ लाख ६० हजार ४१३ पुगेको छ । त्यस्तै ज्यान गुमाउनेको संख्या पनि एक लाख ११ हजार नाघेको छ । गएको २४ घण्टामा मात्रै ब्राजिलमा एक हजार १७० जनाको ज्यान गएपछि मृतकको संख्या एक लाख ११ हजार १८९ पुगेको हो ।

छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या २८ लाख ३५ हजार नाघको छ । बितेको २४ घण्टामा मात्रै ६९ हजार १९६ जनामा संक्रमण देखिएपछि कुल संक्रमितको संख्या २८ लाख ३५ हजार ८२२ पुगेको हो । त्यस्तै अहिलेसम्म ज्यान गुमाउनेको संख्या ५३ हजार ९९४ पुगेको हो । बुधबार मात्रै भारतमा ९८० जनाले ज्यान गुमाएका छन् । त्यस्तै २० लाख ९६ हजार डिस्चार्ज भएका छन् भने ६ लाख ८५ हजारको उपचार भइरहेको छ ।

प्रकाशित समय ०८:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु