गृहपृष्ठ विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ लाख ३० हजार पुग्यो

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ लाख ३० हजार पुग्यो

कुल संक्रमितको संख्या दुई करोड ४३ लाख नाघ्यो, एक करोड ६८ लाख ७३ हजार संक्रमित डिस्चार्ज

फाइल तस्बिर ।

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या करिब ८ लाख ३० हजार पुगेको छ । गएको २४ घण्टामा मात्रै सात हजारभन्दा बढीको ज्यान गुमाएपछि मृतकको संख्या आठ लाख २९ हजार ६६५ पुगेको हो । त्यस्तै अहिलेसम्म संक्रमितको संख्या दुई करोड ४३ लाख नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार गएको २४ घण्टामा मात्रै दुई लाख ८० हजार जनामा कोरोना संक्रमण देखिएपछि कुल संक्रमितको संख्या दुई करोड ४३ लाख ३२ हजार २७५ पुगेको छ । त्यस्तै एक करोड ६८ लाख ७३ हजार ३०५ पुगेको छ भने ६६ लाख २९ हजार ३०५ जनाको उपचार भएरहेको छ ।

वर्ल्डोमिटरको तथ्यांकअनुसार सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा कोरोना संक्रमितको संख्या ६० लाख नाघेको छ । पछिल्लो समयमा बढ्दै गएको संक्रमण एकै दिनमा ४४ हजार ६३७ जनामा संक्रमण देखिएको छ भने एक हजार २८९ जनाको ज्यान गएको छ ।

अहिलेसम्म अमेरिकामा ६० लाख ३६५ जनामा संक्रमण देखिएको भने एक लाख ८३ हजार ९०६ जनाको ज्यान गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । त्यस्तै अमेरिकामा ३३ लाख १३ हजार ८६१ जनाको सफल उपचार भएको छ भने २५ लाख २ हजारको उपचार भइरहेको अमेरिकी स्वास्थ्य विभागले जनाएको छ ।

दोस्रो बढी संक्रमित भएको देश ब्राजिलमा कोरोना संक्रमितको संख्या ३७ लाख २२ पुगेको छ । गएको २४ घण्टामा मात्रै ४७ हजार ८२८ जनामा संक्रमण देखिएको छ । अहिलेसम्म ब्राजिलमा ज्यान गुमाउनेको संख्या एक लाख १७ हजार ७५६ जनाको ज्यान गएको छ । बुधबार मात्रै एक हजार ९० जनाको ज्यान गएको थियो ।

ब्राजिलमा करिब ८० प्रतिशत कोरोना संक्रमित डिस्चार्ज भएका छन् । अहिलेसम्म २९ लाख ८ हजारको सफल उपचार भएको छ भने ६ लाख ९५ हजारको उपचार भइरहेको छ । उपचाररतमध्ये पनि ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको जनाएको छ ।

प्रकोप बढी फैलिएको तेस्रो मुलुकको रुपमा छिमेकी राष्ट्र भारत देखिएको छ । भारतमा अहिलेसम्म ३३ लाखभन्दा बढी संक्रमित देखिएका छन् भने ६० हजारभन्दा बढीको ज्यान गएको छ । बुधबार मात्रै भारतमा ७५ हजार ९९५ जनामा संक्रमण देखिएको थियो एक हजार १७ जनाले ज्यान गुमाएका छन् । योसँगै ६० हजार ६२९ जनाको ज्यान गएको भारतीय स्वास्थ्य विभागले जनाएको छ ।

भारतमा अहिलेसम्म २५ लाख २३ हजार ४४३ जनाको उपचार भएको छ भने सात लाख २३ हजार ६७७ जनाको उपचार भइरहेको छ । उपचार भइरहेकामध्ये पनि आठ हजार ९४४ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

प्रकाशित समय १०:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु