गृहपृष्ठ कास्कीमा कोरोनाका संक्रमित एक महिलाको मृत्यु
कास्कीमा कोरोनाका संक्रमित एक महिलाको मृत्यु
पोखरामा कोरोना भाइरस संक्रमणबाट थप एक जना महिलाको मृत्यु भएको छ । पोखरा महानगरपालिका ११ का ३२ वर्षीय महिलाको कोरोनाभाइरसका कारण मृत्यु भएको पोखरा स्वस्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा. अर्जुन आर्चायले जानकारी दिए ।
उनी भदौ ७ गते कोरोना पुष्टि भएसँगै पोखरा स्वस्थ्य विज्ञान प्रतिष्ठान अन्र्तगत कोभिड १९ उपचार केन्द्रको आइसियुमा उपचारत थिइन् । उनलाई भाद्र ११ गते विहान ८ बजे पोखरा स्वस्थ्य विज्ञान प्रतिष्ठान अन्र्तगत कोभिड १९ अस्पतालले मृत घोषणा गरेका छ । संक्रमणबाट ज्यान गएको हो ।
गण्डकी प्रदेशअन्तर्गत पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा कोरोनाबाट ज्यान गुमाउने उनी पाँचौँ व्यक्ति हुन् भने पोखराको तेस्रो हुन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नौं पुगेको छ ।
प्रकाशित समय १०:१२ बजे

















