गृहपृष्ठ प्रदेश १ थपिए ९० जना कोरोना संक्रमित

प्रदेश १ थपिए ९० जना कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ९० कोरोना संक्रमित थपिएका छन् । तिनमा ३४ महिला र ५६ पुरुष छन् ।

कोरोना संक्रमित थपिनेमा मोरङका ४६, सुनसरीका ३८, संखुवासभाका चार तथा इलाम र प्रदेश बाहिरका एकएक रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टाका अवधिमा विराटनगरमा ३८ कोरोना संक्रमित थपिएका छन् । तिनमा २० महिला र १८ पुरुष छन् । थपिएका कोरोना संक्रमितमा कटहरीका तीन महिला र चार पुरुष तथा सुन्दरहरैँचाका एक पुरुष छन् ।

प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या तीन हजार ३० पुगेको तथा पछिल्लो २४ घण्टामा ८१ जना निको भएर घर फर्केका छन् । हालसम्म प्रदेशमा कोरोनाबाट मुक्त हुनेको संख्या एक हजार ४९६ जना पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा प्रदेशमा एक हजार ७७३ जनाको पीसिआर परीक्षण भई हालसम्म ८३ हजार ८७५ जनाको परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय ०६:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु