गृहपृष्ठ पाकिस्तान र अफगानी तालिवानबीच भेटबारे कुरेशीद्वारा पुष्टि
पाकिस्तान र अफगानी तालिवानबीच भेटबारे कुरेशीद्वारा पुष्टि
पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरेशीले बिहीबार अफगानिस्तानको द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि अफगानी तालीवानी समूहसँग भेटवार्ता भएको बताएका छन् ।
भेटमा शान्ति प्रक्रियामा भएका प्रगतिको जानकारी तालीवानी प्रतिनिधिले आफूलाई जानकारी गराएको र समग्र प्रक्रियाबारे कुराकानी भएको उनले बताए । कुरेशीले अफगानी तालीवान विद्रोहीद्वारा पाकिस्तान पठाएका प्रतिनिधिसँग दुई दिन पहिले भेट गरेका थिए । अफगानी तालीवान समूहका केही नेताहरू अहिले पाकिस्तानी क्षेत्रमा रहेका छन् ।
पाकिस्तानी विदेशमन्त्री कुरेशीका अनुसार भेटमा शान्ति प्रक्रियालाई अगाडि बढाउने विधि तय गर्नेबारे छलफल भएको उल्लेख गरे । पाकिस्तानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तालिवानी समूहका राजनीतिक प्रतिनिधिहरूसँग भएको भेट धेरै उपयोगी थियो ।’
‘अफगानी द्वन्द्वको राजनीतिक समाधान उत्कृष्ट तथा निर्विकल्प उपाय हो र यो सम्भव छ,’ पाकिस्तानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । पाकिस्तानले अन्तर–अफगानी वार्ता सुरु हुनेमा विश्वास लिएको उनले बताए । (एजेन्सी)
प्रकाशित समय ०६:४९ बजे

















