गृहपृष्ठ धनगढीमा कोरोना संक्रमितको संख्या २४९ पुग्यो

धनगढीमा कोरोना संक्रमितको संख्या २४९ पुग्यो

सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीमा कोरोना संक्रमितको संख्या २४९ पुगेको छ । गत चैत १४ गते कोरोना संक्रमण देखिएको धनगढीमा हालसम्म २४९ जनामा संक्रमण पुष्टि भएको छ ।

हालसम्म देखिएका संक्रमित मध्ये ७९ जना ट्राभल हिस्ट्री नभएका संक्रमित रहेको धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायले जानकारी दिए । जुन कुल संक्रमितको ३२ प्रतिशत हो ।

ट्राभल हिस्ट्री नभएका एक संक्रमितको मृत्यु भइसकेको उपाध्यायले बताए । मंगलबार मात्र ६ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा चार जनाको ट्राभल हिस्ट्री देखिएको छैन । ट्राभल हिस्ट्री नभएका संक्रमितमा स्थानीय व्यापारी, शिक्षक, स्वास्थ्यकर्मी, प्रहरी, बैँक तथा वित्तीय संस्थाका कर्मचारी, सरसफाइकर्मी, कानुन व्यवसायी र केही सर्वसाधारण रहेको स्वास्थ्य शाखाले जनाएको छ ।

उपमहानगरपालिकाका अनुसार धनगढीका सबै वडामा कोरोना फैलिएको छ । उपमहानगरपालिका १ मा नौँ महिला र १८ पुरुष गरी २७ जना, वडा नम्बर २ मा तीन महिला र ६ पुरुष गरी नौँ जना, वडा नम्बर ३ मा ६ महिला र १५ पुरुष गरी २१ जना, वडा नम्बर ४ मा सात महिला र १० पुरुष गरी १७ जनामा संक्रमण पुष्टि भएको छ ।

वडा नम्बर ५ मा १२ महिला र १६ पुरुष गरी २८ जना, वडा नम्बर ६ मा चार पुरुष र एक महिला गरी पाँच जना, वडा नम्बर ७ मा पाँच महिला र सात पुरुष गरी १२ जनामा संक्रमण पुष्टि भएको उप–महानगरपालिकाले जनाएको छ । वडा नम्बर ८ मा तीन महिला र चार पुरुष गरी सात जना, वडा नम्बर ९ मा तीन महिला र ६ पुरुष गरी नौँ जना, वडा नम्बर १० मा तीन पुरुष, वडा नम्बर ११ मा तीन महिला र पाँच पुरुष गरी आँठ जना संक्रमित रहेको उपमहानगरपालिकाले जनाएको छ ।

यस्तै वडा नम्बर १२ मा १४ महिला र २४ पुरुष गरी ३८ जना, वडा नम्बर १३ मा ४ पुरुष, वडा नम्बर १४ मा १२ महिला र १३ पुरुष गरी २५ जना, वडा नम्बर १५ मा दुई महिला र चार पुरुष गरी ६ जनामा संक्रमण पुष्टि भएको छ । वडा नम्बर १६ मा तीन पुरुष, वडा नम्बर १७ मा एक महिला, वडा नम्बर १८ मा आँठ महिला र १० पुरुष गरी १८ जना र वडा नम्बर १९ मा चार महिला र तीन पुरुष गरी सात जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित समय ०९:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु