गृहपृष्ठ कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ लाख ६० हजार नाघ्यो, ६१ हजारको अवस्था चिन्ताजनक
कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ लाख ६० हजार नाघ्यो, ६१ हजारको अवस्था चिन्ताजनक
दुई करोड ५८ लाख ८९ हजार जनामा पुग्यो भाइरस, एक करोड ८१ लाख ७२ हजार संक्रमित डिस्चार्ज
फाइल तस्बिर ।
विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ लाख ६० हजार नाघेको छ । गएको २४ घण्टामा मात्रै पाँच हजार ८४६ जनाको ज्यान गएपछि मृत्यु हुनेको संख्या ८ लाख ६० हजार २७० पुगेको हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म विश्वभर कोरोना सक्रमितको संख्या २ करोड ५८ हजार लाखभन्दा बढी पुगेको छ । मंगलबार मात्रै विश्वभर दुई लाख ५७ हजार ७३७ जनामा संक्रमण देखिएको थियो । योसँगै अहिलेसम्म विश्वभर दुई करोड ५८ लाख ८९ हजार ८२४ पुगेको छ । त्यस्तै अहिलेसम्म कुल संक्रमितमध्ये एक करोड ८१ लाख ७२ हजार ३९८ जनाको सफल उपचार भएको छ भने ६८ लाख ५७ हजार १५६ जनाको उपचार भइरहेको छ ।
उपचार भइरहेकामध्ये पनि ६१ हजार १२२ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ ।सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा कोरोना संक्रमितको संख्या ६२ लाख ५७ हजार नाघेको छ । गएको २४ घण्टामा मात्रै अमेरिकामा ४१ हजार ५७९ जनामा संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ६२ लाख ५७ हजार १७१ पुगेको हो । त्यस्तै अहिलेसम्म एक लाख ८८ हजारभन्दा बढीको ज्यान गएको छ ।
मंगलबार मात्रै एक हजार १३८ जनाले ज्यान गुमाएका थिए । योसँगै ज्यान गुमाउनेको संख्या एक लाख ८८ हजार ८७४ पुगेको हो । त्यस्तै ३४ लाख ८५ हजार ६३५ जनाको सफल उपचार भएको छ भने २५ लाख ८२ हजारको उपचार भइरहेको अमेरिकी स्वास्थ्य विभागले जनाएको छ । ब्राजिलमा पनि कोरोना संक्रमितको संख्या ३९ लाख ५२ हजार नाघेको छ ।
बितेको २४ घण्टामा मात्रै ४१ हजार ८८९ जनामा थप संक्रमण देखिएपछि कुल संक्रमितको संख्या ३९ लाख ५२ हजार ७९० पुगेको हो । त्यस्तै ब्राजिलमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख २२ हजार ६६१ पुगेको छ । एकै दिनमा मात्रै एक हजार १६६ जनाले ज्यान गुमाएका छन् । त्यस्तै ३१ लाख ५९ हजारको सफल उपचार भएको छ भने ६ लाख ७१ हजार १३ जनाको उपचार भइरहेको छ ।
उपचाररतमध्ये पनि ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ । सबैभन्दा बढी संक्रमण फैलिएको तेस्रो मुलुकको रुपमा देखिएको भारतमा एकै दिनमा ७८ हजार १६९ जना थपिएका छन् । योसँगै भारतमा संक्रमितको संख्या ३७ लाख ६६ हजार १०८ पुगेको छ । त्यस्तै ज्यान गुमाउनेको संख्या पनि ६६ हजार ४६० पुगेको हो । गएको २४ घण्टामा मात्रै भारतमा एक हजार २५ जनाले ज्यान गुमाएका छन् ।
कुल संक्रमितमध्ये भारतमा २८ लाख ९८ हजार ८७ जनाको सफल उपचार भएका छ भने आठ लाख एक हजार ५६१ जनाको उपचार भइरहेको छ । उपचाररतमध्ये पनि ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ । रसियामा पनि कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ भने १७ हजार २९९ जनाको ज्यान गएको वर्ल्डोमिटरको तथ्यांकले देखाएको छ ।
प्रकाशित समय ०८:५५ बजे

















