गृहपृष्ठ विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ६१ लाख नाघ्यो, ६८ लाख ६७ हजारको उपचार हुँदै

विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ६१ लाख नाघ्यो, ६८ लाख ६७ हजारको उपचार हुँदै

विश्वभर एकै दिन थपिए दुई लाख ९३ हजार संक्रमित, करोड ८४ लाख ४२ हजार ३०७ जना संक्रमणमुक्त

विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ६१ लाख नाघेको छ । गएको २४ घण्टामा दुई लाख ९३ हजारभन्दा बढी संक्रमित थपिएपछि कुल संक्रमितको संख्या दुई करोड ६१ लाख ७७ हजार ६०३ पुगेको हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म आठ लाख ६७ हजार ३४७ जनाले ज्यान गुमाएका छन् । त्यस्तै एक करोड ८४ लाख ४२ हजार ३०७ जनाको सफल उपचार भएको छ भने ६८ लाख ६७ हजार ९४९ जनाको उपचार भइरहेको छ । उपचार भइरहेकामध्ये पनि ६० हजार ६१७ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ ।

सबैभन्दा बढी संक्रमण भएको अमेरिकामा कुल संक्रमितको संख्या ६२ लाख ९० हजार नाघेको छ । गएको २४ घण्टामा मात्रै ४१ लाख २११ जनामा संक्रमण देखिएपछि कुल संक्रमितको संख्या ६२ लाख ९० हजार ७३७ पुगेको छ । त्यस्तै एक लाख ८९ हजार ९६४ जनाको ज्यान गएको छ । गएको २४ घण्टामा मात्रै अमेरिकामा एक हजार ९० जनाले ज्यान गुमाएका छन् । त्यस्तै ३५ लाख ४७ हजारको सफल उपचार भएको छ भने २५ लाख ५३ हजारको उपचार भइरहेको छ ।

सबैभन्दा बढी महामारी फैलिएको दोस्रो ठूलो देश ब्राजिलमा पनि कोरोना संक्रमितको संख्या ४० लाख नाघेको छ । गएको २४ घण्टामा मात्रै ४८ हजार ६३२ जनामा थप संक्रमण देखिएको हो । योसँगै अहिलेसम्म ब्राजिलमा ४० लाख एक हजार ४२२ जनामा संक्रमण देखिएको हो । त्यस्तै अहिलेसम्म एक लाख २३ हजार ८९९ जनाको ज्यान गएको छ । पछिल्लो एकै दिनमा मात्रै एक हजार २१८ जनाको ज्यान गएको छ ।

अहिलेसम्म ब्राजिलमा ३२ लाख १० हजारको सफल उपचार भएको छ भने ६ लाख ६७ हजारको उपचार भइरहेको छ । उपचार भइरहेकामध्ये पनि आठ हजार ३१८ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । कोरोना संक्रमणको तेस्रो ठूलो मुलुकको रुपमा देखिएको भारतमा अहिलेसम्मकै सबैभन्दा बढी संक्रमण देखिएको छ । गएको २४ घण्टामा मात्रै ८२ हजार ८६० जनामा संक्रमण देखिएको हो । योसँगै अहिले भारतमा कुल संक्रमितको संख्या ३८ लाख ४८ हजार ९६८ पुगेको छ ।

अहिलेसम्म भारतमा ज्यान गुमाउनेको संख्या ६७ हजार ४८६ पुगेको हो । बुधबार मात्रै भारतमा एक हजार २६ जनाले ज्यान गुमाएका थिए । त्यस्तै २९ लाख ६७ हजार ३९६ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने आठ लाख १४ हजार ०८६ जनाको उपचार भइरहेको छ । उपचार भइरहेकामध्ये पनि आठ हजार ९४४ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको भारती स्वास्थ्य विभागले जनाएको छ ।

प्रकाशित समय १०:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु