गृहपृष्ठ भारतमा उच्च संक्रमण, एकै दिन थपिए ८२ हजारभन्दा बढी संक्रमित

भारतमा उच्च संक्रमण, एकै दिन थपिए ८२ हजारभन्दा बढी संक्रमित

कोरोना संक्रमणको तेस्रो ठूलो मुलुकको रुपमा देखिएको भारतमा अहिलेसम्मकै सबैभन्दा बढी संक्रमण देखिएको छ । गएको २४ घण्टामा मात्रै ८२ हजार ८६० जनामा संक्रमण देखिएको हो । योसँगै अहिले भारतमा कुल संक्रमितको संख्या ३८ लाख ४८ हजार ९६८ पुगेको छ । त्यस्तै अहिलेसम्म भारतमा ज्यान गुमाउनेको संख्या ६७ हजार ४८६ पुगेको हो ।

बुधबार मात्रै भारतमा एक हजार २६ जनाले ज्यान गुमाएका थिए । त्यस्तै २९ लाख ६७ हजार ३९६ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने आठ लाख १४ हजार ०८६ जनाको उपचार भइरहेको छ । उपचार भइरहेकामध्ये पनि आठ हजार ९४४ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको भारती स्वास्थ्य विभागले जनाएको छ ।

प्रकाशित समय १०:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु