गृहपृष्ठ कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ लाख नाघ्यो, ६० हजार संक्रमितको अवस्था चिन्ताजनक

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ लाख नाघ्यो, ६० हजार संक्रमितको अवस्था चिन्ताजनक

एक करोड ९८ लाख २७ हजार संक्रमित डिस्चार्ज, ७० लाख संक्रमितको उपचार हुँदै

फाइल तस्बिर ।

विश्वभर कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ९ लाख नाघेको छ । गएको २४ घण्टामा मात्रै साढे पाँच हजार जनाको ज्यान गएपछि मृत्यु हुनेको संख्या पनि ९ लाख एक हजार ८३६ पुगेको हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म दुई करोड ७७ लाख ३३ हजार जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो एक दिनमा मात्रै दुई लाख ५० हजार जनामा संक्रमित थपिएका थिए । त्यस्तै एक करोड ९८ लाख २७ हजार संक्रमित डिस्चार्ज भएका छन् भने ७० लाख ४ हजारको उपचार भइरहेको छ । उपचार भइरहेकामध्ये पनि ६० हजार ४५१ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ ।

सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा संक्रमितको संख्या ६५ लाख १४ हजार नाघेको छ । गएको २४ घण्टामा मात्रै २८ हजार ५६१ जना नयाँ संक्रमित थपिएका थिए । त्यस्तै अहिलेसम्म ज्यान गुमाउनेको संख्या एक लाख ९४ हजार पुगेको छ भने ३७ लाख ९६ हजार संक्रमित डिस्चार्च भएका छन् ।

सबैभन्दा दोस्रो बढी संक्रमण फैलिएको भारतमा एकै दिनमा ८९ हजार ८५२ जनामा संक्रमण देखिएको छ । योसँगै भारतमा संक्रमितको संख्या ४३ लाख ६७ हजार नाघेको छ । त्यस्तै गएको २४ घण्टामा एक हजार १०७ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म भारतमा ज्यान गुमाउनेको संख्या ७३ हजार ९२३ पुगेको छ ।

ब्राजिलमा कोरोना संक्रमितको संख्या ४१ लाख ६५ हजार जनामा संक्रमण देखिएको छ भने एक लाख २७ हजारको ज्यान गएको छ । त्यस्तै ३३ लाख ९७ हजारको सफल उपचार भएको छ भने ६ लाख ४० हजारको उपचार भइरहेको छ ।

प्रकाशित समय १०:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु