गृहपृष्ठ थप २०२० जनामा कोरोना संक्रमण, उपत्यकामा थपिए ८५९ जना संक्रमित
थप २०२० जनामा कोरोना संक्रमण, उपत्यकामा थपिए ८५९ जना संक्रमित
नेपालमा कोरोना संक्रमितको संख्या ६१ हजार नाघेको छ । गएको २४ घण्टामा मात्रै २०२० जनामा संक्रमित थपिएपछि संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा मात्रै ८५९ जना थपिएका छन् । जसमा ६९८ काठमाडौंमा, भक्तपुर ८२ र ललितपुर ७९ जना थपिएका छन् ।
प्रकाशित समय १६:३६ बजे

















