गृहपृष्ठ थप २०५९ जनामा संक्रमण, संक्रमितको संख्या एक लाख नाघ्यो

थप २०५९ जनामा संक्रमण, संक्रमितको संख्या एक लाख नाघ्यो

नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ । गएको २४ घण्टामा मात्रै दुई हजार ५९ जनामा संक्रमण देखिएपछि कुल संक्रमितको संख्या एक लाख ६७६ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शुक्रबार एक हजार ६८० जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ७३ हजार २३ पुगेको हो ।

त्यस्तै आजमात्रै १० जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ज्यान गुमाउनेको संख्या ६०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय १६:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु