गृहपृष्ठ एनआरएनएको दोस्रो एनआरएन ग्लोबल नलेज कन्भेन्सन सुरु

एनआरएनएको दोस्रो एनआरएन ग्लोबल नलेज कन्भेन्सन सुरु

flight

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ‘दोस्रो एनआरएन ग्लोबल नलेज कन्भेन्सन’ सम्मेलन आजबाट सुरु भएको छ । कोभिड १९ संक्रमण जोखिमका कारण भर्चुअल माध्यमबाट सुरु भएको कन्भेन्सन तीन दिन चल्नेछ ।

देशको समृद्धिका लागि संसारभर छरिएर रहेका नेपालीहरुको ज्ञान र सीपलाई नेपाल भित्र्याउने उद्देश्यसहित सम्मेलन आयोजना गरेको एनआरएनएले जनाएको छ । सम्मेलनमा विश्वभरका एनआरएनहरुको सहभागिता छ ।

सम्मेलनलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले संसारभर छरिएर रहेका एनआरएनहरुको ज्ञान र सीपलाई नेपालमा भित्र्याउन आग्रह गरे । कोभिडको महामारीका कारण अर्थतन्त्रमा चुनौती थपिएकाले अर्थतन्त्रलाई चलायमान बनाउन विश्वभर रहेका नेपालीको साथ आवश्यक रहेको उनले बताए । सूचना प्रविधि, ऊर्जा, कृषि, यातायात, खाद्य तथा वातावरणलगायत स्वदेशी सरोकारका विषयमा सम्मेलन केन्द्रित हुने बताइएको छ ।

प्रकाशित समय १६:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु