गृहपृष्ठ कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ सय पुग्यो

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ सय पुग्यो

फाइल तस्बिर ।

नेपालमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ६ सय पुगेको छ । गएको २४ घण्टामा मात्रै १० जना संक्रमितको ज्यान गएपछि मृत्यु हुनेको संख्या ६ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

प्रवक्ता डा. गौतमका अनुसार संक्रमितको संख्या पनि एक लाख नाघेको छ । गएको २४ घण्टामा  दुई हजार ५९ जनामा संक्रमण देखिएपछि कुल संक्रमितको संख्या एक लाख ६७६ पुगेको हो । त्यस्तै एक हजार ६८० जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ७३ हजार २३ पुगेको हो ।

प्रकाशित समय १६:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु