गृहपृष्ठ अहिलेसम्मकै उच्च मृत्यु, कोरोनाबाट एकै दिन २२ जनाको ज्यान गयो

अहिलेसम्मकै उच्च मृत्यु, कोरोनाबाट एकै दिन २२ जनाको ज्यान गयो

फाइल तस्बिर ।

नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी व्यक्तिको कोरोनाका कारण ज्यान गएको छ । गएको २४ घण्टामा मात्रै २२ जनाको ज्यान गएपछि मृत्यु हुनेको संख्या ६३६ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले सक्रिय संक्रमितको संख्या ३१ हजार ३१५ पुगेको छ । गएको २४ घण्टामा मात्रै दुई हजार ७१ जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या एक लाख सात हजार ७५५ पुगेको हो ।

कुल संक्रमितमध्ये ७०।३ प्रतिशत डिस्चार्ज भएका छन् । गएको २४ घण्टामा मात्रै एक हजार ५५२ जनामा संक्रमित डिस्चार्ज भएपछि निको हुनेको संख्या ७५ हजार ८०४ पुगेको प्रवक्ता गौतमले बताए ।

प्रकाशित समय १६:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु