गृहपृष्ठ थप ३७९० जनामा कोरोना संक्रमण

थप ३७९० जनामा कोरोना संक्रमण

नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ३६ हजार नाघेको छ । गएको २४ घण्टामा मात्रै तीन हजार ७९० जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या एक लाख ३६ हजार ३६ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिलेसम्म ९४ हजार ५०१ जनाले कोरोना भाइरस जितेका छन् । गएको २४ घण्टामा मात्रै दुई हजार ३३५ जना डिस्चार्ज भएका हुन् । त्यस्तै एकै दिनमा १८ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७५७ पुगेको हो ।

प्रकाशित समय १६:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु