गृहपृष्ठ अहिलेसम्मकै उच्च संक्रमण, एकै दिन थपिए पाँच लाखभन्दा बढी संक्रमित
अहिलेसम्मकै उच्च संक्रमण, एकै दिन थपिए पाँच लाखभन्दा बढी संक्रमित
कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ लाख ८० हजार पुग्यो
विश्वभर कोरोनाभाइरसबाट ज्यान गुमाउनेको संख्या ११ लाख ८० हजार नजिक पुगेको छ । गएको २४ घण्टामा मात्रै साढे सात हजारभन्दा बढी संक्रमितको ज्यान गएपछि मृतकको संख्या ११ लाख ७९ हजार ७९ पुगेको हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म चार करोड ४७ लाख ४९ हजार ७८२ जनामा संक्रमण देखिएको छ । गएको २४ घण्टामा मात्रै विश्वभर पाँच लाख ९ हजार जनामा संक्रमण देखिएको थियो । त्यस्तै तीन करोढ २७ लाखभन्दा बढी संक्रमित डिस्चार्ज भएका छन् । त्यस्तै एक करोड आठ लाख ४५ हजार सक्रिय संक्रमित देखिएका छन् । त्यस्तै ८१ हजार संक्रमितको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा ९१ लाखभन्दा बढी व्यक्तिमा भाइरस संक्रमण भएको छ । अमेरिकामा राष्ट्रपतिको निर्वाचनले गर्दा भाइरस संक्रमण बढेको बताइएको छ । गएको २४ घण्टामा मात्रै ८१ हजार ५८१ जनामा संक्रमण देखिएको छ । योसँगै अमेरिकामा ९१ लाख २० हजार ७५१ जनामा संक्रमण देखिएको अमेरिकी स्वपास्थ्य विभागले जनाएको छ ।
त्यस्तै अहिलेसम्म ज्यान गुमाउनेको संख्या दुई लाख ३३ हजारभन्दा बढी रहेको छ । बुधबार मात्रै एक हजार ३० जनाले ज्यान गुमाएका थिए । दोस्रो बढी संक्रमित मुलुक भारतमा ८० लाख ३८ हजार जनामा संक्रमण देखिएको छ । गएको २४ घण्टामा मात्रै करिब ५० हजार जनामा संक्रमण देखिएको थियो । त्यस्तै अहिलेसम्म एक लाख २० हजार ५६३ जनाले ज्यान गुमाएका छन् । भारतीय स्वास्थ्य विभागका अनुसार बुधबार मात्रै ५०९ जनाले ज्यान गुमाएका हुन् । यस्तै ७३ लाख १४ हजारको सफल उपचार भएको छ भने ६ लाखभन्दा बढी संक्रमित रहेका छन् ।
प्रकाशित समय ०९:३४ बजे

















