गृहपृष्ठ बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु

बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु

बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचारत कोरोना संक्रमितको मृत्यु भएको छ ।

कात्तिक १ गते कोरोना संक्रमण भएर कोरोना विशेष अस्पताल भर्ना भएका बुटवल उपमहानगरपालिका–८ का ५५ वर्षीय पुरुषको आज बिहान ८ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालको फिवर क्लिनिकमा स्वास्थ्य जाँच गराउन पुगेका उनलाई कोरोना पुष्टि भएलगत्तै कोरोना विशेष अस्पताल पठाइएको थियो ।

कोरोना विशेष अस्पतालको सघन उपचार कक्षमा भर्ना गरेर उपचार हुँदै गर्दा मृत्यु भएको विज्ञप्तिमा जनाइएको छ । उनलाई यसअघि नै ज्वरो, निमोनिया, उच्च रक्तचाप, मधुमेह र श्वासप्रश्वास समस्या रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित समय १६:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु