गृहपृष्ठ चन्द्रागिरी नगरपालिकाबाट १२ जना जुवाडे पक्राउ
चन्द्रागिरी नगरपालिकाबाट १२ जना जुवाडे पक्राउ
चन्द्रागिरी नगरपालिका-४ कोतघरस्थित ४६ वर्षीय धनसिंह गोपालीको घरमा तास खेलिरहेको अवस्थामा गोपालीलगायत १० जनालाई शुक्रबार दिउँसो प्रहरीले प्रक्राउ गरेको छ ।
उक्त घरमा तास खेल्ने खेलाउने कार्य भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ३३ हजार ७५ रुपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित समय १६:११ बजे

















