गृहपृष्ठ कोरोना संक्रमित मन्त्री शाहलाई थप उपचारका लागि काठमाडौं लगिँदै

कोरोना संक्रमित मन्त्री शाहलाई थप उपचारका लागि काठमाडौं लगिँदै

कोरोना संक्रमित सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहलाई थप उपचारका लागि काठमाडौँ लगिने भएको छ ।

कार्तिक १५ गते कोरोना पुष्टि भएका मन्त्री शाहलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत् काठमाडौँ लैजाने तयारी भएको उनको निजी सचिवालयले जनाएको छ । मन्त्रीका स्वकीय सचिव जंगबहादुर विकले स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारका लागि आज दिउँसो हेलिकोप्टरमार्फत् काठमाडौँ लगिने जानकारी दिए ।

बिहिबार नाकबाट रगत बगेपछि कोरोना अस्पताल भर्ना भएका थिए । १५ गते कोरोना संक्रमण पुष्टि भएपछि मन्त्री शाह होम आइसोलेसनमा बसेका थिए । साँझ सरकारी निवासमा फर्केका मन्त्री शाहलाई आज काठमाडौं लैजान लागिएको हो ।

प्रकाशित समय १३:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु