गृहपृष्ठ भोजपुर र धनुषामा ग्लोबल आइएमई बैंकका शाखारहित बैंकिङ सेवा सञ्चालन

भोजपुर र धनुषामा ग्लोबल आइएमई बैंकका शाखारहित बैंकिङ सेवा सञ्चालन

ग्लोबल आइएमई बैंकले भोजपुरको झ्याउपोखरी र धनुषाको हाथमुण्डामा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । थप दुई शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकका शाखारहित बैंकिङ सेवा संख्या २३१ पुगेको छ ।

बैंकले भोजपुरको सदानन्द गाउँपालिका ११, झ्याउपोखरीमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिमा ङन्दिरा घले र धनुषाको कमला नगरपालिका ७ हाथमुण्डामा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिमा धर्मेन्द्रकुमार महतोलाई नियुक्त गरेको छ ।

शाखारहित बैंकिङ सेवाबाट स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सकिने बैंकले जनाएको छ । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्म रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, डिसहोम, सीडीएमए, यूटीएल र एनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्नेलगायतका सेवा लिन सकिन्छ ।

ग्लोबल आइएमई बैंकले ७१ जिल्लामा २६१ शाखा सञ्जालसहित २३७ एटीएम, ४३ एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर, २३१ शाखारहित बैंकिङ सेवा र तीन अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत २१ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ ।

प्रकाशित समय १२:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु