गृहपृष्ठ सेती अस्पतालमा जटिल अवस्थाका बिरामीलाई पनि छैन आइसीयू र भेन्टिलेटर
सेती अस्पतालमा जटिल अवस्थाका बिरामीलाई पनि छैन आइसीयू र भेन्टिलेटर
आइसीयू र भेन्टिलेटर नपाएर ५० प्रतिशतभन्दा बढी कोरोनाका बिरामी होम आइसोलेसनमै
कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि सुदूरपश्चिम प्रदेशमा उपचार पाउन नसक्ने अवस्था देखिएको छ । गम्भीर प्रकृतिका लक्षणसहित संक्रमित बढेपछि सुदूरपश्चिममा भएका सिमित आइसीयू, भेन्टिलेटर र आइसोलेसन बेड भरिभराउ छन् । आइसीयू र भेन्टिलेटर नपाएर कैयौं संक्रमित समस्यामा पर्न थालेका छन् त होम आइसोलेसनमै बसेका संक्रमितको मृत्यु हुन थालेको छ ।
सुदूरपश्चिमको रेफरल अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पतालका १६ भेन्टिलेटर भरिएका छन् । जसका कारण आइसीयू आवश्यकपर्ने अन्य संक्रमित उपचारबाट वञ्चित भएका छन् । उक्त अस्पतालमा आइसीयू चाहिने गम्भीर संक्रमितको संख्या १६ छ । १७ वटा भेन्टिलेटर रहेको अस्पतालमा अहिले १६ जनाको अक्सिजनमा राखेर उपचार भइरहेको हो ।
अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठका अनुसार जटिल प्रकृृतिका संक्रमितको संख्या बढेसँगै आइसीयू र भेन्टिलेटरको अभाव भएको हो । उनले भने, ‘आइसीयू भरिएकाले अब जटिल संक्रमितलाई उपचार गर्न सक्ने अवस्था छैन ।’ गम्भीर अवस्थाका बिरामीलाई रिफर गर्नुको बिकल्प नरहेको अस्पतालले जनाएको छ ।
चिकित्सकहरुले भने कोरोना संक्रमणका कारण अवस्था नियन्त्रणबाहिर जान लागेको बताइरहेका छन् । कोरोना संक्रमण र गम्भीर लक्षण भएका संक्रमितको संख्या बढ्दै गएर अवस्था जटिल बनेको चिकित्सकहरु बताउँछन् । जटिल किसिमका संक्रमित बढेसँगै मृत्युदर पनि बढेको छ । जटिल प्रकृतिका संक्रमितको संख्या बढेसँगै आइसीयू अभाव हुन लागेको छ, यसले गर्दा अवस्था भयाभह हुन सक्ने चिकित्सकको भनाई छ ।
‘आइसीयू भरिएकाले अब जटिल संक्रमितलाई उपचार गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘अन्यत्र रेफर गर्नुको विकल्प छैन ।’ सेती प्रादेशिक अस्पताल कोरोना उपचार विभाग प्रमुुख चिकित्सक शेरबहादुर कमरले कोरोना संक्रमणका कारण अवस्था नियन्त्रणबाहिर जान लागेको बताए । ‘कोरोना संक्रमण र गम्भीर लक्षण भएका संक्रमितको संख्या बढ्दै गएर अवस्था जटिल बनेको छ,’ उनले भने, ‘अवस्था नियन्त्रणबाहिर जान लागिसक्यो ।’
जटिल प्रकृतिका संक्रमितको संख्या र मृत्युदर पनि बढ्दै गएको उनले बताए । ‘जटिल प्रकृतिका संक्रमितको संख्या बढेसँगै आइसीयू अभाव हुन लाग्यो,’ उनले भने, ‘अब अवस्था भयावह हुने देखिन्छ ।’
कोरोना संक्रमणले कैलालीमा एकैदिन २ जनाको ज्यान गएको थियो । होम आइसोलेसनमा रहेका कैलालीको टीकापुर नगरपालिका–१ का ४९ वर्षीय पुरुष र बर्दगोरिया गाउँपालिका–४ का ५९ वर्षीय महिलाको मृत्यु भएको हो । सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ भने ४० जाले ज्यान गुमाएका छन् । तर, स्वास्थ्य निर्देशनालयले भने २५ जनाको मात्रै मृत्यु भएको दाबी गरेको छ ।
प्रदेशभन्दा बाहिर भएर मृत्यु भएकाको तथ्यांक नजोडेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्वास्थ्य निर्देशक गुणराज अवस्थीले भने उपचारका लागि भेन्टिलेटर र आइसीयू थप्न लागेको बताए ।
विश्वव्यापी रुपमा आएको कोरोनाका कारण देशभरिनै अभाव भएको भन्दै छिट्टै भेन्टिलेटरको व्यवस्थापन गर्नेतर्फ निर्देशनालयनै केन्द्रित छैन । प्रदेश सरकारले कोरोना उपचारमा निकै सक्रियता देखाएको दाबी गरे पनि अहिलेनै भयाभह अवस्था सिर्जना हुन थालेको छ । भेन्टिलेटर र आइसीयू अभावमा होम आइसोलेसनमै ज्यान गइरहेका बेला प्रदेशका मन्त्री भने उपकरण खरिद हुँदैछन् भन्दै महिनौं टारिदिने गरेका छन् ।
प्रकाशित समय ०९:५० बजे

















