गृहपृष्ठ गण्डकीमा अपाङ्गतासम्बन्धी प्रदेशस्तरीय निर्देशन समिति गठन हुने

गण्डकीमा अपाङ्गतासम्बन्धी प्रदेशस्तरीय निर्देशन समिति गठन हुने

gandaki-chief-minister-newskarobar

गण्डकी प्रदेश सरकारले प्रदेशभित्र रहेका अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षणसम्बन्धी नीतिगत एवं कानुनी व्यवस्थाको साथै सम्बन्धित कार्यक्रम प्रभावकारी कार्यान्वयनका लागि अपाङ्गता सम्बन्धी प्रदेशस्तरीय निर्देशन समिति गठन कार्यविधि, २०७७ स्वीकृत गरेको छ।

प्रदेश सरकारले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐनअनुसार प्रदेशस्तरीय निर्देशन समिति गठन गर्न लागेको हो । प्रदेश स्तरमा निर्देशन समिति गठनका पहल गर्ने गण्डकी पहिलो प्रदेश हो ।

कार्यविधिअनुसार प्रदेशका सामाजिक विकास मन्त्रीका अध्यक्षतामा निर्देशन समिति गठन गरिनेछ, जसमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष, अपाङ्गता भएका व्यक्तिहरूको प्रदेशस्तरका संघ, संगठन, महासंघ तथा मानव अधिकारको क्षेत्रमा कार्यरत संस्थाहरुमध्ये फरकफरक अपाङ्गताका वर्गबाट प्रतिनिधित्व हुने गरी १५ जना सदस्य रहने छन् ।

प्रकाशित समय १०:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु