गृहपृष्ठ दुई दिनमै ५४ अंकले बढ्यो सेयर बजार, ८ अर्ब १९ करोडको कारोबार
दुई दिनमै ५४ अंकले बढ्यो सेयर बजार, ८ अर्ब १९ करोडको कारोबार
सेयर बजार परिसूचक नेप्से दुई दिनमै ५४ अंकले बढेको छ । मंगलबार र बुधबार लगातार सेयर बजार उकालोमा लागेपछि दुई दिनमै समग्र बजार परिसूचक ५४.८४ अंकले बढेर ३३८६.५६ अंकमा उक्लिएको छ ।
बुधबार वित्तीयबाहेकका सबै समूह सकारात्मक बनेपछि २८.८९ अंकले बढेको हो । आज १९५ कम्पनीको एक करोड २५ लाख कित्ता सेयर ४ अर्ब ९ करोड ९६ लाख रुपैयाँ बराबरको किनबेच भएको छ ।
मंगलबार पनि सेयर कारोबार निकै सकारात्मक थियो । मंगलबार १९६ कम्पनीको ९६ लाख ५७ हजार ६७७ कित्ता सेयर ४ अर्ब ९ करोड ६१ लाख रूपैयाँमा कारोबार भएको थियो । योसँगै दुई दिनमा दुई करोड २१ लाख कित्ताको ८ अर्ब १९ करोड ५७ लाखको किनबेच भएको हो ।
बुधबार सर्वाधिक व्यापार समूह ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै उत्पादन समूह ६.२१, अन्य ४.१२, म्याचुअल फन्ट ४.९८, निर्जीवन बिमा ४.०२ प्रतिशतले बृद्धि भएका छन् । आज वित्तीय समूह भने ०.३३ प्रतिशतले घटेको छ ।
प्रकाशित समय १५:५१ बजे

















