गृहपृष्ठ थप ७०८ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु
थप ७०८ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु
मंगलबार थप ७ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ५९ हजार ५ सय ४८ पुगेको छ ।
आज कोरोना भाइरसबाट थप ८ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपालमा हालसम्म १ हजार ८ सय ४० जनाले ज्यान गुमाएका छन् । त्यस्तै आज कोरोनाबाट ७ सय ३१ जना डिस्चार्ज भएका छन् । यससँगै नेपालमा हालसम्म निको भएर घर फर्किनेको संख्या २ लाख ५१ हजार ३ सय १२ पुगेको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय ९६ रहेको छ । जसमध्ये ६ हजार ३ सय ९६ आइसोलेसनमा र ३ सय ६५ जना क्वारेन्टिनमा छन् ।
प्रकाशित समय १७:०२ बजे

















