गृहपृष्ठ प्रधानमन्त्री ओली तानाशाही : प्रचण्ड

प्रधानमन्त्री ओली तानाशाही : प्रचण्ड

Prachanda_NewsKarobar

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओली तानाशाही भएको आरोप लगाएका छन् । नेकपाद्वारा आयोजित विरोध सभाका उनले संविधानविपरीत ओलीले संसद विघटन गराएको आरोप लगाए ।

प्रचण्डले देशभरिका सबै तप्काले प्रधानमन्त्री ओलीको कदम निरंकुश, अलोकतान्त्रिक कदम भन्ने बताइसकेको उल्लेख गर्दै सर्वोच्च अदालतले यही भावनाअनुसार निर्णय गर्ने विश्वास व्यक्त गरे ।

नेकपा अध्यक्ष दाहालले  संविधानमाथि र लोकतन्त्रमाथिको निर्मम प्रहारमाथि सच्याउने प्रयास नगरिए भोलि आन्दोलनको आँधिबेहरी आउने चेतावनी दिए । ‘यो आन्दोलनको सुरुवातमात्रै हो,’ दाहालले भने ।

‘अढाइ सय वर्ष पुरानो राजतन्त्र बढारेर फाल्न सक्ने जनताले यस्ता निरंकुश र प्रतिगमनका पुजारीहरूलाई बढारेर फाल्ने छन्,’ दाहालले भने ।

दाहालले आफूहरू अन्तिम समयसम्म लड्ने भन्दै खुला चुनाैती दिँदै भने- ,’हामी अन्तिम समयसम्म लड्छाैं, तपाईँहरूले जे जे गर्नुछ, गरे हुन्छ ।’

यो आन्दोलन प्रतिगमन नसच्चिञ्जेलसम्म जारी रहने दाहालको भनाइ थियो ।

देश कोरोनाको संकटमा रहेका बेला प्रधानमन्त्री ओलीको ध्यान कोरोना नियन्त्रण, राहतमा भन्दा पार्टी फुटाउने, सर्वसत्तावाद लागू गर्नेमा केन्द्रित रहेको उनका विगत एक वर्षयताका क्रियाकलापले पुष्टि गरेको दाहालको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले चुनाव नगराउने ठोकुवा गर्दै दाहालले वैशाखपछि ओलीको पत्ता साफ हुने बताए । ‘ यो चुनाव गर्नका लागि घोषणा भएको होइन, स्वयं केपी ओलीलाई विश्वास छैन, अस्ति भएको कुरा मैले थाह पाएको छु,’ दाहालले भने, ‘उनी कसैको गोटी भएका हुन् भने वैशाखपछि उनको पत्ता साफ हुन्छ ।’

 

प्रकाशित समय १५:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु