गृहपृष्ठ सिंगापुरमा बुधबार कोभिड १९ विरुद्धको खोप लगाइँदै

सिंगापुरमा बुधबार कोभिड १९ विरुद्धको खोप लगाइँदै

फाइल तस्बिर ।

सिंगापुरमा आज बुधबार कोभिड १९ विरुद्धको खोप लगाउन थालिएको छ । यो खोप पहिलो चरणको हो ।

यो पहिलो चरणको खोप यहाँको नेसनल सेन्टर फर इन्फेक्सस् डिजिजका स्वासथ्यकर्मीहरुलाई दिइने बताइएको छ । सोही किसिमले तयारी भएको सिंगापुरको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

उक्त एनआइडिसीका कम्तीमा पनि ३० जना कर्मचारीका साथै अरु अस्पतालका नर्स, चिकित्सक, स्वास्थ्यकर्मीहरु र उक्त केन्द्रका प्रशासनका कर्मचारीहरुलाई पहिलो चरण्मा खोप लगाइने छ । त्यसपछि यहाँका अरु स्वास्थ्यकर्मी तथा महामारी नियन्त्रणका लागि पहिलो पंक्तिमा नै खट्नुपर्ने अवस्थाका अरु कर्मचारीलाई आगामी वर्ष अर्थात् सन् २०२१ को जनवरीमा नै लगाइने बताइएको छ । त्यसैगरी आगामी फेब्रुअरीबाट यहाँका कम्तीमा पनि ७० वर्ष नाघेका बृद्धबृद्धाहरुलाइ यो खोप दिइने जानकारी पनि यहाँको स्वास्थ्य मन्त्रालयले दिएको छ । (एजेन्सी)

प्रकाशित समय १३:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु