गृहपृष्ठ कोठाको ताला फुटाएरै एक लाख नगदसहित ७ तोला सुन चोरी

कोठाको ताला फुटाएरै एक लाख नगदसहित ७ तोला सुन चोरी

काठमाडौंका विभिन्न ठाउँबाट कोठामा चोरीका सामान बढ्दै गएका छन् । तीन जनाको कोठाबाट मात्रै करिब साढे सात लाखभन्दा बढीको धनमाल चोरी भएको छ ।

काठमाडौंको तारकेश्वर नगरपालिका-११ शुभकामना चोक डेरा गरी बस्ने सिरहा गोलबजार नगरपालिका-३ घर भएका २५ वर्षीय रबिनकुमार लामाको कोठाबाट ताल्चा फुटाई ३ तोला सुन र नगद ५० हजार रुपैयाँ मंगलबार राति चोरी भएको छ । त्यस्तै काठमाडौं महानगरपालिका-१५ अजिमा हल नजिक डेरा गरी बस्ने खोटाङ घर भएकी ३० वर्षीया भूमिका थापा मगर र तनहुँ व्यास नगरपालिका-११ घर भएकी २३ वर्षीया मनिषा गुरुङको कोठाबाट कोही नभएको अवस्थामा कोठाको ताल्चा फुटाई सुनका विभिन्न गहना र नगद ६५ हजार रूपैयाँ गरी करिब २ लाख १० हजार रूपैयाँ मूल्य बराबरको धनमाल मंगलबार साँझ चोरी भएको छ ।

यसैगरी काठमाडौं, नागार्जुन नगरपालिका-५ थापाचोक बस्ने पवन सुनुवारको घरबाट कोही नभएको अवस्थामा कोठाको ताल्चा फुटाई करिब २ लाख १९ हजार रूपैयाँ बराबरको सुनका विभिन्न गहनाहरु मंगलबार बेलुका चोरी भएको छ । चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित समय १३:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु