गृहपृष्ठ बुधबार ५११ जनामा कोरोना संक्रमण पुष्टि, ६०० जना डिस्चार्ज

बुधबार ५११ जनामा कोरोना संक्रमण पुष्टि, ६०० जना डिस्चार्ज

बुधबार थप ५ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९ पुगेको छ ।

बितेका २४ घण्टामा कोरोना भाइरसबाट थप ६ सय जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोनाबाट डिस्चार्ज भएर घर फर्किनेको संख्या २ लाख ५१ हजार ९ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बुधबार कोरोनाबाट थप ७ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट १ हजार ८ सय ४७ जनाले ज्यान गुमाएका छन् । नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय रहेको छ । जसमध्ये ६ हजार ३ सय आइसोलेसनमा र ३ सय ६२ जना क्वारेन्टिनमा छन् ।

 

 

 

प्रकाशित समय १६:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु