गृहपृष्ठ बिहीबार थपिए ४०३ जना कोरोना संक्रमित, ६ जनाको मृत्यु
बिहीबार थपिए ४०३ जना कोरोना संक्रमित, ६ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ३२ पीसीआर परीक्षण गर्दा थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६६ हजार ५४६ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ४३ पुगेको छ । देशभर ४ हजार ४ सय २६ सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ४ हजार ४ सय २६ जना आइसोलेसनमा २३१ जना क्वारेन्टिनमा छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबार ४०५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६० हजार १७७ पुगेको छ ।
प्रकाशित समय १६:२८ बजे

















