गृहपृष्ठ थप २६६ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको निधन
थप २६६ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको निधन
आइतबार थप २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसका साथै नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या २ लाख ६७ हजार ३२२ जना पुगेको छ ।
आज कोरोना भाइरसबाट थप ५ जनाले ज्यान गुमाएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज थप ४ सय जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यसका साथै नेपालमा कोरोनामुक्त हुनेको कुल संख्या २ लाख ६१ हजार ४४४ पुगेको छ ।
देशभर ३ हजार ९१९ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये र ३ हजार ९१९ जना आइसोलेसनमा २२१ जना क्वारेन्टिनमा छन् ।
प्रकाशित समय १६:२८ बजे

















