गृहपृष्ठ विश्वभर २४ घण्टामै ४ लाख ३७ हजार संक्रमित थपिए, १४ हजारको मृत्यु

विश्वभर २४ घण्टामै ४ लाख ३७ हजार संक्रमित थपिए, १४ हजारको मृत्यु

नेपालमा कोरोना संक्रमित मृत्युदर ०.७५ प्रतिशत

विश्वभर २४ घण्टामा ४ लाख ३७ हजारभन्दा बढी कोरोनाभाइरस (कोभिड १९) संक्रमित थपिएका छन् । कोरोनाबाट यो अवधिमा १४ हजार १८ जनाको मृत्यु भएको छ ।

यससँगै विश्वभर कोरोना संक्रमितको संख्या १० करोड ७८ लाख ३८ हजार नाघेको छ भने मृतक संख्या २३ लाख ६३ हजार ५३६ पुगेको छ । कोरोना संक्रमित ७ करोड ९८ लाख ४४ हजार निको भएर घर फर्किएका छन् । संक्रमितमध्ये २ करोड ५५ लाख २९ हजारको अवस्था सामान्य छ भने १ लाख १ हजार ४७१ सिकिस्त छन् ।

अमेरिकाका २४ घण्टामै ३ हजार ४३२ जनाले ज्यान गुमाएको वर्ल्डोमिटरले जनाएको छ । यससँगै अमेरिकामा मृतकको संख्या ४ लाख ८३ हजार २ सय पुगेको छ ।

त्यस्तै भारतमा १ करोड ८ लाख ७१ हजार, ब्राजिलमा ९६ लाख ६२ हजार, रुसमा ४० लाख १२ हजार, बेलायतमा ३९ लाख ८५ हजार, फ्रान्समा ३३ लाख ८५ हजार र स्पेनमा ३० लाख ३२ हजार संक्रमित संख्या पुगेको छ । मृतक सूचीमा दोस्रोमा ब्राजिलमा २ लाख ३४ हजार ९४५ छन् भने मेक्सिकोमा १ लाख ६८ हजार ४२३, भारतमा १ लाख ९५ हजार ३९९, बेलायतमा १ लाख १४ हजार ८५१, इटालीमा ९२ हजार ३३८, फ्रान्समा ८० हजार ४४३, रुसमा ७८ हजार १३४, जर्मनीमा ६३ हजार ९७९ र स्पेनमा ६३ हजार ७०४ जनाले ज्यान गुमाएका छन् ।

बितेका २४ घण्टामा मेक्सिकोमा १ हजार ७०१, ब्राजिलमा १ हजार ३५७ र बेलायतमा १ हजार १ जनाको ज्यान गएको छ । प्रतिशतका आधारमा विश्वमै मेक्सिकोमा सबैभन्दा बढी मानिसको कोरोनाबाट मृत्यु भएको छ । मेक्सिकोमा कुल संक्रमित १९ लाख ४६ हजार ७५१ रहेकोमा १ लाख ६८ हजार ४२३ जनाको निधन भइसकेको छ । यो मृत्युदर ८.६५ प्रतिशत हो । विश्वभर मृतक प्रतिशत २.१९ प्रतिशत छ ।

नेपालमा कोरोना

नेपालमा बुधबारसम्ममा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ३४९ पुगेको छ । संक्रमितमध्ये ९८.६ प्रतिशत अर्थात् २ लाख ६८ हजार ५४९ जना निको भइसकेका छन् । मृतक संख्या २ हजार ४७ जना छ । यो मृत्युदर ०.७५ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ७५३ जना उपचाररत छन् । बुधबार १३४ नयाँ संक्रमित थपिएका छन् ।

प्रकाशित समय ०८:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु