गृहपृष्ठ जिसस प्रमुख थापाले तलब बालबालिकाको शिक्षामा खर्च गर्ने घोषणा

जिसस प्रमुख थापाले तलब बालबालिकाको शिक्षामा खर्च गर्ने घोषणा

जिल्ला समन्वय समिति कैलालीका प्रमुख सूर्यबहादुर थापाले आफुले पाउने सेवा सुविधा बापतको तलब गरीब बालबालिकाको शिक्षामा खर्च गर्ने भएका छन ।

शिक्षाको पहुच बाहिर रहेकालाई विद्यालयमा ल्याउनका लागि थापाले पाँच वर्षको तलब गरीब बालबालिकाका लागि खर्च गर्नेछन । जिल्ला समन्वय समिति प्रमुखको नेतृत्व लिएको एक वर्ष पुगेको अवसरमा उनले सो घोषणा गरेका हुन् ।

‘सुरुमा शैक्षिक सामाग्री गरीब बालबालिकालाई वितरण गरेका छौ ।’ उनले भने, ‘एक सय बालबालिकालाई विद्यालयमा भर्ना गराउछु । लाग्ने खर्च तलवबाट व्यहोर्छु ।’

गरीब बालबालिकालाई विद्यालयमा भर्ना गराई टिकाई राख्न खाजाका लागि दैनिक ३० रुपैया र मासिक शुल्क विद्यालयमा जम्मा गरिने उनले जानकारी दिए ।

शिक्षा इकाइका प्रमुख समेत रहेका थापाले भने, ‘जिल्लामा अझै करिव ४ प्रतिशत बालबालिका विद्यालय आउन पाएका छैनन ।

सबैैलाई विद्यालय ल्याउन सवैले लाग्नुपर्छ ।’ उनले ५० भन्दा धेरै बालबालिकालाई शैक्षिक सामाग्री समेत वितरण गरेका छन् । शिक्षाको पहुच बाहिर रहेका गरीब बालबालिकालाइ प्रदेश ७ का सभामुख अर्जुनबहादुर थापाले शैक्षिक सामाग्री वितरण गरेका थिए ।

प्रकाशित समय १३:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु