गृहपृष्ठ दलहरुकै कारण शिक्षा स्वास्थ्यमा महंगी र ठगी- डा. केसी

दलहरुकै कारण शिक्षा स्वास्थ्यमा महंगी र ठगी- डा. केसी

dr. kc_newskarobar

चिकित्सा शिक्षा सुधारको माग राख्दै आएका डा.गोविन्द केसीले शिक्षा र स्वास्थ्य क्षेत्रमा दलीय भागबन्डाका कारण गुणस्तर खस्किएको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिमा आफ्नो लिखित धारणा राख्दै उनले दलहरुकै कारण शिक्षा स्वास्थ्यमा महंगी र ठगी बढेको आरोप लगाएका छन् ।

काठमाडौं लगायत मुख्य शहरमा मेडिकलेज कलेज खुलेपनि सर्वसाधनरणले सर्वसुलभ सेवा पाउन नसकेको डा. केसीले आफ्नो धारणा राखेका छन् । ८० प्रतिशत नागरिक बस्ने ग्रामिन भेगमा स्वास्थ्यको अवस्था नाजुक रहेको लिखित धारणामा उनले उल्लेख गरेका छन् ।

डा. केसीले प्रजातान्त्रीक देशमा पटक पटक सत्याग्रह गर्नु राम्रो नभएको बताएको छन् ।

समितिले चिकित्सा शिक्षा विधेयकका विषयमा छलफल गर्न डा. केसीलाई बोलाएको हो । तर, डा. केसीले आफ्नो लिखित धारणा पेश गरेर समिति बैठकबाट बाहिरिएको उनका सहयोगी डा. अभिषेकराज सिंहले जानकारी न्युज कारोबारलाई जानकारी दिए ।

यसअघि नै सरकारसँग सहमति भएको भन्दै डा. केसी बैठकबाट बाहिरिएका थिए । समितिले मंगलबार माथेमा कार्यदलको सदस्यहरुसँग पनि छलफल गरेको थियो । डा. केसीले लिखित धारणा पेश गरेपछि समिति बैठक स्थगित भएको छ ।

प्रकाशित समय १३:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु