गृहपृष्ठ योगेशको प्रश्न – अस्पतालमा चिकित्सकको सिन्डिकेट किन ?

योगेशको प्रश्न – अस्पतालमा चिकित्सकको सिन्डिकेट किन ?

yogesh-bhattarai1-newskarobar फाइल तस्बिर

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद योगेश भट्टराईले काठमाडौँ उपत्यकाका अस्पतालमा चिकित्सकहरुले सिन्डिकेट लगाएको आरोप लगाएका छन् । काठमाडौँ उपत्यकामा अस्पताल स्थापना गर्न नदिन चिकित्सकहरुले निधेषको नीति लिएको भट्टराईको आरोप छ । प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिमा बिहीबार विधेयकमाथिको छलफलमा समिति सदस्यसमेत रहेका भट्टराईले भने, ‘यस्तो खालको निषेधको नीतिले कसैको पनि भलो गर्दैन ।’

समितिका अर्का सदस्य एवं पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले चिकित्सकहरुलाई राजनीति नगर्न सचेत गराए । छलफलमा भाग लिँदै नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले सरकारले ल्याएको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ को स्वागत गरे । उनले अस्पतालहरुमा राजनीतिक नियुक्ति गर्ने परिपाटीको अन्त्य गर्ने विषयमा भने स्पष्ट कानुनी व्यवस्था गर्न समितिलाई सुझाव पनि दिए ।

अध्यक्ष श्रेष्ठले स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा अस्पतालहरुलाई नराख्ने कानुनी प्रावधान बनाउन समितिसँग आग्रह गरे । ‘अस्पतालहरुलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा राखेकै कारण नेपालको सरकारी अस्पतालहरुको अवस्था नाजुक बन्न गएको छ,’ श्रेष्ठले भने ।

समितिले बुधबार वरिष्ठ चिकित्सक केसीसँग पनि सो विधेयकका सम्बन्धमा छलफल गरेको थियो ।

प्रकाशित समय १७:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु