गृहपृष्ठ रनर मोटरसाईकल अब बुटवलमा
रनर मोटरसाईकल अब बुटवलमा
रनर मोटरसाईकलको शो–रुम बुटवलमा खुलेको छ । बंगलादेशको ६० प्रतिशत भन्दा बढी बजार ओगटेको मोटरसाईकलको शो–रुम कालिकानगरमा बुटवलमा रोयल मोटोकर्प प्रालिले खोलेको हो । जसको उद्घाटन प्रदेश ५ का सांसद तथा नेकपाका प्रमुख सचेतक भुमिश्वर ढकालले गरे । उनले बुटवल अटो बजारमा फड्को मार्दै गएको भन्दै यसरी मोटर्स कम्पपनी थपिँदा स्थानीय नागरिकलाई सहज हुने बताए ।
कार्यक्रममा उक्त मोटरसाईकलको लागि नेपालको आधिकारीक विक्रेता रमन मोटर्सका जनरल म्यानेजर विनोद थापाले मोटरसाईकलको विशेषताको बारेमा जानकारी गराएका थिए । उनले हाल ८० देखि २ सय ५० सिसीसम्मको रनर कम्पनीको मोटरसाईकल नेपाली बजारमा आएको जानकारी दिए ।
प्रकाशित समय १७:३१ बजे

















