गृहपृष्ठ त्रिवि शिक्षाशास्त्र संकायका सहायक डीन यौन दुर्व्यवहारको आरोपमा निलम्बित

त्रिवि शिक्षाशास्त्र संकायका सहायक डीन यौन दुर्व्यवहारको आरोपमा निलम्बित

tribhuban-university-newskarobar

त्रिभुवन विश्वविद्यालयले शिक्षाशास्त्र संकायका सहायक डीन बौवालाल साहलाई यौन दुर्व्यवहारको आरोप लागेपछि निलम्बन गरेको छ ।

त्रिवि कार्यकारी परिषद्को बुधबार बसेको आकस्मिक बैठकले सहायक डीन साहलाई निरम्बन गर्ने निर्णय गरेको हो । साहले विश्वविद्यालयको मान, प्रतिष्ठा र गरिमा घटाउने अनुशासनहीन तथा निन्दनीय कार्य गरेको भन्दै निलम्बन गरिएको त्रिविले जनाएको छ । विश्वविद्यालयका अनुसार निलम्बित सहायक डिन साहले विश्वविद्यालयको कुनै पनि कामकाज गर्न पाउने छैनन् ।

प्रकाशित समय १९:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु