गृहपृष्ठ गर्लफ्रेन्डका बाबुको स्वास्थ्यले अघि सर्याे कपिलको विहे
गर्लफ्रेन्डका बाबुको स्वास्थ्यले अघि सर्याे कपिलको विहे
कमेडियन कपिल शर्माको विवाहको तयारी शुरु भएको भारतीय मिडियाले जनाएका छन् । कपिलले आगामी डिसेम्बर १२ तारिकमा गर्लफ्रेन्ड ग्रिन्नी चतरथसँग लगनगाँठो कस्ने भएका हुन् ।
डिसेम्बर १२ का लागि तय भएको विवाहको तैयारी शुरु भइसकेको जनाइएको छ । त्यसका लागि गिन्नी स्वयं सक्रिय भएकी जनाइएको छ । उता कपिल भने टेलिभिजनमा पुनरागमनको तयारीमा छन् । जसका कारण उनले विवाहको तयारीमा पर्याप्त समय दिन नपाएको पनि जनाइएको छ । कपिलको व्यस्तताका कारण परिवारले पनि उनलाई ‘डिस्टर्ब’ गरेका छैनन् ।
गिन्नीको परिवारका कारण कपिललाई हतारो
त्यसोतः कपिल अर्काे वर्ष विवाह गर्ने मुडमा थिए । टेलिभिजनमा पुनरागमन पश्चात विवाह गर्ने कपिलको तयारी भए पनि उनलाई अहिले नै विवाहको हतारोले छोपेको छ । किन त ? कपिलका नजिकका मित्रलाई उदृत गर्दै भारतीय मिडियाले लेखेका छन्, गिन्नीका परिवारका सदस्यका कारण विवाह अगाडि सरेको हो ।
शुरुमा त कपिलले पनि गिन्नीलाई वर्षको अन्त्यमा विवाह गर्ने आश्वासन दिएका थिए । यो कुरा उनले आफ्नो परिवारमा पनि बताएका थिए । तर, आगामी ‘सो’का कारण उनले निर्णय परिवर्तन गरेका थिए । त्यसपछि उनले आगामी वर्ष विवाह गर्ने तयारी गरी दुवै परिवारलाई मनाएका थिए ।
कपिलले आफ्नो निर्णयमा दुवै परिवारलाई मनाउन सफल भए पनि गिन्नीको पिताको स्वास्थ्यले उनलाई निर्ण परिवर्तन गर्न वाद्य तुल्यायो । गिन्नीका बाबु को स्वास्थ्य केही महिनादेखि ठीक नभएकाले कपिलको विवाह अगाडि सरेको जनाइएको छ ।
रिसोर्टमा विवाह, बाँढीयो निम्तो
कबाना रिसोर्ट तथा स्पा कपिल–गिन्नीको विवाह समारोह आयोजना गरिने रिसोर्ट हो । गिन्नी गुरु नानक नगरमा बस्ने र सोही स्थानलाई नजिक पर्ने गरी उक्त रिसोर्टलाई विवाह समारोहका लागि कपिलले चुनेका हुन् ।
समाचार अनुसार अमिताभ बच्चन, शाहरुख खान, अक्षय कुमार, दीपिका पादुकोणजस्ता बलिउड स्टारलाई निम्तो दिने तयारी कपिलको छ । उता गिन्नीका तर्फबाट जालन्धरतर्फकालाई निम्तो दिने तयारी भएको छ ।
प्रकाशित समय १५:४७ बजे

















