गृहपृष्ठ यस वर्षको बीपी सेनानी सम्मान बास्तोलालाई

यस वर्षको बीपी सेनानी सम्मान बास्तोलालाई

नेपालको प्रथम जन निर्वाचित प्रधानमन्त्री बिपी कोइराला स्मृति ट्रष्टले यस वर्षको ‘बिपी सेनानी सम्मान पुरस्कार २०७५’ वरिष्ठ राजनीज्ञ चक्रप्रसाद बास्तोलालाई दिने निर्णय गरेको छ । प्रजातन्त्र स्थापनाको संघर्षमा महत्वपूर्ण योगदान पुयाएको भन्दै बास्तोलालाई यो पुरस्कार प्रदान गर्न लागिएको हो ।

यस्तै ‘बिपी साहित्य सम्मान पुरस्कार’ वरिष्ठ साहित्यकार रोचक घिमिरेलाई प्रदान गरिने भएको छ । एक लाख एक हजार रुपैयाँ राशी रहेको यो पुरस्कार बिपी जयन्तीको अवसरमा बीपी ट्रष्टले आगामी भदौ २२ गते काठमाडौंमा प्रदान गर्ने छ ।

बिपी ट्रष्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा ट्रष्टका सदस्यहरु डा. धनुषचन्द्र गौतम र सुशीलमान शेरचनसमेतको सिफारिस समितिले सर्वसम्मत पारित गरेको हो । ट्रष्टले अघिल्लो बर्ष बीपी साहित्य सम्मान पुरस्कार साहित्यतर्फ प्रा.डा. अभि सुवेदी र सेनानी सम्मान दाङका तीर्थराज चैतुलाई प्रदान गरेको थियो । यस वर्ष पनि विशेष समारोहकाबीच पुरस्कार प्रदान गरिने ट्रष्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले जानकारी दिए ।

प्रकाशित समय १०:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु