गृहपृष्ठ पिएचडी गरेका ३७ सयले पिउन पदमा आवेदन दिएपछि..
पिएचडी गरेका ३७ सयले पिउन पदमा आवेदन दिएपछि..
सांकेतिक तस्बिर
तपाईंलाई यो समाचार पढ्दा अचम्मा लाग्न सक्छ, विद्यावारिधी (पिएचडी) गरेकाहरुले पनि पिउन पदका लागि आवेदन दिएको पाइएको छ । भारतको उत्तर प्रदेशमा पाँच कक्षा पास भए पुग्ने पदका लागि डिग्री र पिएचडी होल्डरले आवेदन दिएका हुन् ।
उत्तर प्रदेशमा प्रहरीको म्यासेन्जर पदका लागि ६२ जनाको आवेदन परेको थियो । त्यसका लागि ९३ हजारभन्दा बढीले आवेदन दिएका छन् । यसरी आवेदन दिनेमा पिएचडी गरेका ३७ सय जना छन् ।
यस्तै स्नातकोत्तर गरेका २८ हजार तथा स्नातक गरेका ५० हजार जनाले आवेदन दिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो पदका लागि न्यूनतम शैक्षिक योग्यता पाँच कक्षा पास गरेको भए पर्याप्त हुन्छ ।
अहिले खुला गरिएको हुलाकीजस्तै पद गएको १२ वर्षदेखि खाली थियो । यसमा छनोट हुने व्यक्तिले प्रहरीको टेलिकम विभागको सन्देश एक कार्यालयबाट अर्को कार्यालयमा लैजानुपर्छ । यो पदको आधारभूत लतब महिनाको २० हजार भारु रहेको छ । केही समय अघि मात्रै भारतीय रेलवे सेवाका एक लाख पदमा दुई करोड भन्दाबढी युवाले आवेदन दिएको समाचार आएको थियो । यसरी आवेदन दिनेमा डाक्टर, इन्जिनियर तथा वकिल पनि थिए । पछिल्ला यी घट्नाले भारतमा बेरोजगारीको समस्यालाई दर्शाएका छन् ।
प्रकाशित समय १०:४७ बजे

















