गृहपृष्ठ बच्चा हुर्काउने १७ टिप्स

बच्चा हुर्काउने १७ टिप्स

childrens-care-newskarobar

 

हरेक आमा बुवाले आफ्नो सन्तान सफल, ज्ञानी,नामी भएको हेर्न चाहान्छन् । आफ्नो सन्तानको उन्नती प्रगती सबैको चाहाना हुन्छ । तर सबै आमा बुवाले चाहेको जस्तो र सोचेको जस्तो बच्चाको उन्नती प्रगती हुन्छ भन्ने छैन । यस्तो नहुनुको पछिडिको कारण प्राकृतिक र व्यवहारिक वा सामाजीक कुराले ठूलो भुमीका निर्वाह गरेको हुन्छ ।

आमाबुवाले आफूले चाहे अनुसारको आफ्नो बच्चाको उन्नती तथा प्रगतीको लागि आफ्नो गर्भमा बच्चा हुदाँ र जन्मिएपछि गर्ने हेरचाहले ठूलो भूमिका निर्वाह गरेको हुन्छ । बच्चा गर्भमा रहँदा आवश्यक पोषक तत्व खाने तथा आमाको दिनचर्या आनन्दमय हुन जरुरी छ । त्यस्तै बच्चा जन्मीसकेपछिको अवस्थामा उसालाई दिइने पारिवारिक, सामाजिक शिक्षा उसको उन्नती, प्रगतीको तथा सफलताको लागि महत्वपूर्ण हुन्छ ।

आफ्नो बच्चा स्र्माट बनाउनका आमा बुबाले ध्यान दिनु पर्ने कुराहरु :

  • छोरा–छोरीको विभेदरहीत सोच र बच्चा जन्माउन आमाबावु मानसिक रुपामा तयार हुनु,
  • बच्चा सँग पर्याप्त समय बिताउने र बच्चाको समस्यामा आफू पनि सहभागी हुने,
  • उनिहरुको कुरा सुन्ने, कुरा गर्दा बच्चाको आखामा हेरेर कुरा गर्ने,
  • मोवाइल, कम्प्युटर, ट्याब लगाएतका सामानहरुमा बच्चालाई धेरै समय बिताउन नदिने,
  • बच्चाको स–साना कुरामा ध्यान दिने,
  • बच्चालाई नयाँ–नयाँ ठाँउमा घुमाउन लैजाने,
  • विद्यालयमा गएर उसको पढाइ तथा बानी व्यहोराको बारेमा बुझिरहने,
  • हरेक क्षण आमा बाबुबाट बच्चाले केही न केही सिकीरहेको हुन्छ, त्यसैले बच्चा कस्तो सिकाउने भन्ने कुरा आमा बाबुकै हातमा हुन्छ,
  • आमा र बाबु दुबैको बच्चा हुर्काउन महत्व हुन्छ, उत्तिकै आवश्यक पनि हुन्छ,
  • सानोमा बच्चा धेरै जिज्ञासु हुन्छ, आमा बाबुले झर्को नमानीकन बच्चाको जिज्ञासा मेटाइ दिनु पर्छ,
  • बच्चाहरुलाई सुत्ने बेलामा कथा, कविताहरु सुनाउने गर्नु पर्छ, यसो गर्दा बच्चाको भावनात्मक विकास तीव्ररुपमा हुन्छ,
  • बच्चालाई आफ्नो दुःख, व्यस्तता, कठिनाई कहिल्यै देखाउनु हुँदैन,
  • माया–ममता, प्रशंसा, प्रोत्साहन, प्रेरणा, हिंशारहित वातावरणमा हुर्काउदा बच्चामा कुनै पनि शिक्षाको तीव्र रूपमा विकास हुन्छ,
  • बच्चालाई साथीहरुसँग खेल्न दिने गर्नु पर्छ, यसले थप सिक्ने सकारात्मक प्रेरणा दिन्छ,
  • परिवारका सदस्यसँग अन्तक्र्रिय गर्ने अवसरबाट बच्चालाई टाढा राख्नु हुन्न,
  • बच्चालाई जङ्क फुडबाट सधै टाढा राख्नु पर्छ, समयमै सुताउने र उठाउने गर्नु पर्छ,
  • बच्चाको सानो तिनो गल्तीमा गाली गर्ने, हप्काउने भन्दा पनि मायाले सम्झाउनु पर्छ ।

प्रकाशित समय १२:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु