गृहपृष्ठ नेसनल जोग्राफिकको वृत्तचित्रमा नेपाली युवाको कथा

नेसनल जोग्राफिकको वृत्तचित्रमा नेपाली युवाको कथा

विश्वका पाँच युवा उद्यमीको कथालाई समावेश गरी नेसनल जोग्राफिक डकुमेन्ट्री फिल्मले निर्माण गरेको वृतचित्र ‘वन द रूम’मा नेपाली युवा उद्यमी सन्तोष पाण्डेको उद्यमी यात्राको कथा पनि समावेश भएको छ । एमी अवार्ड विजेताद्वय क्रिस्टिना कोस्ट्यान्टिनी र ड्यारेन फोस्टरद्वारा निर्देशित सो वृत्तचित्रको ट्रेलर फेब्रुअरी ९ मा सार्वजनिक भएको हो ।

अप्रिल २०१९ मा विश्वभरका ५१ युवा उद्यमीले ग्लोबल स्टुडेन्ट आन्टरप्रेनरसिप अवार्ड फाइनल्सका लागि लागि प्रतिस्पर्धा गरेका थिए । प्रतिस्पर्धीमध्ये पाँच जना पृथक तथा प्रभावशाली उद्यम गर्दै आएका उद्यमीको कथालाई समेटेर निर्माण गरिएको सो वृत्तचित्र मार्च १२ मा आधिकारिक रुपमा डिस्ने प्लसमा सार्वजनिक हुनेछ ।

पाण्डे नेपालमा पहिलोपटक सर्प्राइज प्लानिङ तथा गिफ्टिङ सेवा भित्र्याउने कम्पनी अफरिङ ह्याप्पिनस प्रालिका सह-संस्थापक हुन् । सो कम्पनीले वेबसाइटमार्फत चार वर्षदेखि देश-विदेशमा बसोबास गर्दै आएका नेपालीबीच गिफ्ट तथा सर्प्राइज आदान-प्रदान गर्ने सेवा दिँदै आएको छ ।

प्रकाशित समय ०६:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु