गृहपृष्ठ मलाई मार्न राजनीतिक र आपराधिक समूह सक्रिय रहेछन्– राजेन्द्र लिङ्देन

मलाई मार्न राजनीतिक र आपराधिक समूह सक्रिय रहेछन्– राजेन्द्र लिङ्देन

rajendra lingden newskarobar

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद राजेन्द्र लिङ्देनले निर्वाचन क्षेत्र झापा–३ मा आफूलाई मार्ने षड्यन्त्र भएको बताएका छन् । बुधबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै नेता लिङ्देनले आफूलाई ज्यान मार्ने धम्की दिनेमा राजनीतिक नेतादेखि आपराधिक व्यक्ति समेत संलग्न रहेको दाबी पनि गरे । उनले भने, ‘मलाई मार्न ५० लाख दिएर मान्छे खटाएको भनिएको घटनामा मेरै निर्वाचन क्षेत्र झापा ३ का नेता र आपराधिक घटनामा संलग्न व्यक्तिको संलग्नता देखिएको छ ।’
उनले यो घटनालाई नजरअन्दाज नगर्न सरकारसँग आग्रह पनि गरे । ‘घटनामा संलग्नहरुको पहिचान गरी सत्यतथ्य बाहिर ल्याउन म सरकार समक्ष आग्रह गर्न चाहान्छु,,’ लिङ्देनले भने ।

सांसद लिङदेनलाई गत चैत ७ गतेदेखि करिब एक सातासम्म नेपाल टेलिकम र एनसेलका दुई छुट्टा–छुट्टै नम्बरबाट ज्यान मार्न खटाएको भनी धम्की आएको थियो । लिङदेनको ज्यान मार्न ५० लाखमा सहमति भएको भन्दै म्यासेज आएको थियो ।
’५० लाख दिने भए मेरो ज्यान मार्न चाहाने व्यक्तिबारे जानकारी पनि दिने र ज्यान पनि नमार्ने म्यासेज आएको थियो,’ उनले भने ।

धम्कीयुक्त म्यासेजपछि सांसद लिङदेनकै सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्युरोले झापाका तिलकदास पराजुली र हुम्ला घर भएका प्रदीप रोकायलाई पक्राउ गरेको छ ।

प्रकाशित समय १५:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु