गृहपृष्ठ प्रहरी चौकी कब्जामा लिने विप्लवको प्रयास !

प्रहरी चौकी कब्जामा लिने विप्लवको प्रयास !

biplab-newskarobar

प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले सोलुखुम्बूको महाकुलुङ गाउपालिका– ३ छेस्काममा प्रहरी चौकी कब्जामा लिने प्रयास गरेको छ ।

विप्लव कार्यकर्ताले आइतबार राति १२ बजेको समयमा चौकी कब्जा गर्ने उदेश्यले आक्रमणको प्रयास गरेको हो । २५–३० जनाको संख्यामा हतियारधारी आएको सूचना पाएलगत्तै प्रहरीले आफ्ना हतियार बोकेर अन्यत्रै सरेको स्रोतले जनाएको छ ।

प्रहरी उच्च अधिकारी तथा गृहमन्त्रालयले यसको औपचारिक जानकारी गराएको छैन । विप्लव समूहले पनि सेना, सशस्त्र र नेपाल प्रहरीलगायतका कुनै पनि सुरक्षा निकायमाथि आक्रमण नगर्ने नीति नै रहेको बताएको थियो ।

प्रकाशित समय १४:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु