गृहपृष्ठ प्रवृत्ति र विकासलाई मनन नगरे परिवर्तनकाे के अर्थ ? : पूर्वराजा शाह

प्रवृत्ति र विकासलाई मनन नगरे परिवर्तनकाे के अर्थ ? : पूर्वराजा शाह

पूर्वराजा ज्ञानेन्द्र शाहले हरेक परिवर्तनमा दुईवटा कुरा महत्वपूर्ण हुने बताएका छन् । बहिनी शोभाराज्यलक्ष्मी शाहीबाट भाइटीका लगाई सकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रवृत्ति र विकास जुनसुकै परिवर्तनमा पनि अत्यन्त महत्वपूर्ण हुने उनकाे भनाइ थियाे ।

उनले सञ्चारकर्मीहरूसँग भने, ‘यी दुईटा कुरालाई मनन गरेन र बुझेन भने परिवर्तनको माने हुँदैन । बरू परिवर्तनकर्ताहरुलाई नै अप्ठ्यारो पर्न सक्छ । विकास भनेको कुरा सर्वसाधारणले सजिलो र  सरल ढंगले अनुभव गर्नुपर्ने कुरा हो, यसको अर्थ बुझ्नु जरूरी छ ।’

दसैँका बेला आफूले दिएको सन्देशको मनन गर्न पनि पूर्वराजा शाहले सबैसँग आग्रह गरेका छन्। ‘सर्वप्रथम तपाईँहरुलाई र तपाईँहरुमार्फत समस्त नेपाली दाजुभाइ दिहीबहिनीहरुलाई आजको यो पावन अवसरमा शुभकामना व्यक्त गर्न चाहन्छु । देशको परिस्थितिको कुरा गर्नुपर्दा केही हप्ताअगाडि मैले एउटा सन्देश दिएको थिएँ म त्यो सन्देश फेरि सबैलाई मनन गर्न आग्रह गर्दछु,’ पूर्वराजा शाहले भनेका छन् ।

प्रकाशित समय १३:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु