गृहपृष्ठ अर्घाखाँचीमा बस दुर्घटना, ७ जनाको मृत्यु

अर्घाखाँचीमा बस दुर्घटना, ७ जनाको मृत्यु

accident_newskarobar

अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट बुटवलतर्फ जाँदै गरेको बस बुधबार दिउँसो दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । घटनामा १४ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका इन्स्पेक्टर प्रकाश खत्रीले न्युज कारोबारलाई बताए ।

उनका अनुसार घाइतेमध्ये २ जनाकाे सन्धिखर्क अस्पतालमा उपचार भइरहेकाे छ । अन्य १२ जनालाई थप उपचारका लागि बुटवलतर्फ लगिएकाे इन्स्पेक्टर खत्रीले जानकारी दिए ।

लु. २ ख २१४८ नम्बरको बस सन्धिखर्क नगरपालिका- ६, नरपानीमा दुर्घटनाग्रस्त भएको हो । प्रहरीका अनुसार बस सडकबाट करिब चार सय मिटर तल खसेको छ । थप घाइतेहरूको स्थानीयवासी र प्रहरीले उद्दार गरिरहेका छन् ।

प्रकाशित समय १७:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु