गृहपृष्ठ सत्य निरुपण र बेपत्ता छानविन आयोगको पदाधिकारी सिफारिस
सत्य निरुपण र बेपत्ता छानविन आयोगको पदाधिकारी सिफारिस
सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगको अध्यक्षसहित ५ पदाधिकारी नाम सिफारिस भएको छ । शनिबार बसेको दुई आयोगका पदाधिकारीको सिफारिस गर्न गठित समितिले कानु्नमन्त्रीमार्फत पदाधिकारी नाम मन्त्रिपरिषदमा सिफारिस गरेको हो ।
कानुन न्याय, तथा संसदीय मामिला मन्त्रालय स्रोतका अनुसार सत्य निरुपणको अध्यक्षमा गणेश दत्त भट्ट र बेपत्ता छानविनमा युवराज सुवेदी सिफारिस भएका छन् । सत्य निरुपणमा प्रचण्डराज प्रधान, गोविन्द गौतम, मन दाहाल र विष्णु पोखरेलको नाम सिफारिस भएको छ ।
बेपत्ता छानविन आयोगको सदस्यमा सिफारिस भएकाहरूमा शिवदत्त भण्डारी, सुनिल रञ्जन सिंह, गांगा अधिकारी र सरिता थापा मगर रहेका छन् ।
सिफारिस गरिएका नामहरूको विषयमा अब बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ ।
प्रकाशित समय १६:१५ बजे

















