गृहपृष्ठ सञ्चारमन्त्री बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक
सञ्चारमन्त्री बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक
सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको छ । स्वीस कम्पनीको स्थानीय एजेन्टसँगको कुराकानीका क्रममा मन्त्री बाँस्कोटाले बार्गेनिङ गरेको अडियो बाहिरिएको हो ।
७० देखि ७५ करोड कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन मन्त्रीलाई दिने प्रस्ताव सुनेपछि ‘त्यो भनेको कति ?’ भनेर सोध्ने मन्त्री बाँस्कोटालाई उनले ५५ करोड जति कमिसन हुने अडियोमा सुन्न सकिन्छ ।
केपी शर्मा ओली नेतृत्वको सरकारले आफूले पनि भ्रष्टाचार नगर्ने अरुलाई पनि भ्रष्टाचार गर्न नदिने दाबी गरिरहँदा बहालवाला मन्त्री नै यसरी कमिसनको चक्करमा परेका छन् ।
केही समयअगाडि तत्कालीन माओवादी नेता कृष्णबहादुर महराले पनि चिनियाँ एजेन्टहरुसँग संसदमा आफ्नो पार्टीको नेतालाई प्रधानमन्त्री बनाउन ५० करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको थियो ।
सुन्नुहोस् अडियो :
प्रकाशित समय ०८:१२ बजे

















