गृहपृष्ठ ओलीलाई मिर्गौला दिने समीक्षा डिस्चार्ज भइन्

ओलीलाई मिर्गौला दिने समीक्षा डिस्चार्ज भइन्

डिस्चार्ज हुनुअघि समीक्षा बेडमा ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौला संग्राैला अस्पतालबाट डिस्चार्ज भएकी छन् । उनी प्रधानमन्त्री ओलीको भाञ्जी नाताकी हुन् । उनी स्वास्थ्य लाभ गरी बुधबार दिउँसो डिस्चार्ज भएकी प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिएका हुन् ।

डिस्चार्ज हुनुअघि उनले प्रधानमन्त्री ओलीलाई भेटेकी थिइन् । भेटमा प्रधानमन्त्री ओलीले आफूलाई मिर्गौला दान गरेकोमा धन्यवाद दिएका थिए ।

गत बुधबार प्रधानमन्त्री ओलीको शरीरमा मिर्गाैला प्रत्यारोपण गरिएको छ । उनको स्वास्थ्य अवस्थामा सुधार भइरहेको चिकित्सकहरूले बताएका छन् ।

प्रकाशित समय १७:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु